You are viewing the translated version of ऐन र अध्यादेशको अभिलेख.

Section 23
ऐन र अध्यादेशको अभिलेख
(१) प्रमाणीकरण भएका ऐनको प्रतिमध्ये एक प्रति राष्ट्रपतिको कार्यालयमा राखी.दुई प्रति कानून मन्त्रालयमा र अन्य एक-एक प्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय संसद सचिवालयमा पठाउनु पर्नेछ।

(२) ऐन तथा अध्यादेशको प्रमाणित प्रति त्यसरी प्राप्त गर्ने प्रत्येक निकायले दर्ता नम्बर (तथा पृष्ठ सङ्ख्या सहितको अभिलेख कायम गरी सुरक्षित. राख्नु पर्नेछ।

(३) कानून मन्त्रालयले प्रत्येक वर्षको वैशाख मसान्तभित्र अघिल्लो वर्ष प्रमाणीकरण भएका प्रत्येक ऐन तथा अध्यादेशको एक-एक प्रति राष्ट्रिय अभिलेखालयमा पठाउनु पर्नेछ।

(४) उपदफा (३). बमोजिम प्राप्त ऐन तथा अध्यादेशको प्रमाणित प्रति राष्ट्रिय अभिलेखालयले दर्ता नम्बर तथा पृष्ठ सङ्ख्या सहितको अभिलेख कायम गरी आवश्यकता अनुसार सोको विद्युतीय प्रति समेत तयार गरी अभिलेख राखनु पर्नेछ।